मिस नेपाल श्रृंखला खतिवडाले मिस वल्र्ड प्रतियोगितामा ‘ओभरअल मल्टिमिडिया अवार्ड’ जितेकी छन् । यस अवार्ड प्राप्त गरेसँगै श्रृंखला ओभरअल प्रतियोगिताको टप ३० मा प्रवेश गरेकी छिन् ।
मल्टिमिडिया भोटिङमा विजेता श्रृंखला मिस वल्र्डको इतिहासमा दोस्रो पल्ट अवार्ड जित्ने नेपाली बनेकी छिन् । नेपालबाट मिस वल्र्डमा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की मिस नेपाल ईशानी श्रेष्ठले मात्र सेमिफाइनलको यात्रा तय गरेकी थिइन् ।
ईशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाइनलको यात्रा गर्न सफल भएकी थिइन् । तर, ईशानीको यात्रा उत्कृष्ट १० सम्म पुगेर टुंगिएको थियो ।

मल्टिमिडिया अवार्डमा टप थ्री फाइनालिस्टमा मेक्सिको र केन्या पुगेको थियो । ३५.११ प्रतिशत भोट प्राप्त गरिसकेकी श्रृंखला नम्बर वान बनेकी हुन् ।
उनलाई विभिन्न ४ माध्यमबाट सर्वाधिक भोट गर्न नेपाली मज्जैले कस्सिए । नेपालीको माया र भोटले आफू निकै अगाडि पुगेको भन्दै उनले हारेर नेपालीलाई निराश नबनाउने बताएकी छिन् ।
मिस वल्र्डको प्रावधानअनुसार विभिन्न फास्ट ट्र्याक इभेन्टमा विजेता बन्ने प्रतियोगी सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। ‘वल्र्ड बिच ब्युटी’, ‘ब्युटी विद पर्पस’, ‘स्पोट्र्स च्यालेन्ज’, ‘ट्यालेन्ट’, ‘हेड टू हेड च्यालेन्ज’, ‘मल्टिमिडिया’ र ‘टप मोडल तथा डिजाइन’ गरी सात विधामा विजेता बन्ने सुन्दरी फास्ट ट्र्याकको माध्यमबाट सीधै सेमिफाइनलमा प्रवेश गर्छन्।

नेपालले ‘मल्टिमिडिया’ अवार्ड जितेको हो । मिस वर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।




सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्