मनाङको चिसोमा अनमोल र सुहानाको रोमान्स

मनाङको चिसोमा अनमोल र सुहानाको रोमान्स

a mero hajur 2 (2)

नेगम परियार, मनाङ । चैत्र २९ देखी प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ३’को मनाङमा भएको गीत छायाङ्कनका केही तस्बिर निर्माण यूनिटले सार्वजनिक गरेका छन् ।

मनाङको रमणिय ठाउँहरुमा खिचिएको गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र अभिनेता अनमोल केसी र डेब्यु नायिका सुहाना थापालाई देख्न सकिन्छ । तस्बिरमा उनिहरु एक अर्कासँग निकै खुलेका छन् ।

झरना थापाको निर्देशनमा सुनिल कुमार थापाको निर्माण रहेको फिल्म ए मेरो हजुर ३मा अनमोल र सुहानाको अलावा अर्पण थापा, सलोन बस्नेत लगायतको समेत मुख्य भूमिका रहेको छ । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको छ । करिब ८० प्रतिशत छायाङ्कन सकिएको फिल्ममा म्युजिकल लभ स्टोरी समेटिएको छ ।

मनाङ जिल्लाको ४६०० मिटर उचाईमा रहेको आईस लेक तथा मुन लेकमा सुटिङ गरिएको साथै मनाङ जिल्लाको अन्य मनोरम स्थलमा छायाङकन गरिएको छ । यस पटकको ए मेरो हजुर ३ को सुटिङ्ग गरिएको छ । यस भन्दा पहिला पनि ए मेरो हजुर २ को सुटिङ्ग मनाङ जिल्लाको तिलिचो ताल तथा जिल्लाको मनोरम द्धस्यहरुमा सुटिङ गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ