सुर्य तिमिल्सिना,पोखरा । अनेरास्ववियु पश्चिमान्चल क्याम्पस कमिटिको आयोजनामा बुधबारदेखी तेश्रो इन्टरटेक्निकल कप सुरु भएको छ । इन्जिनियरिंग अध्ययन संस्थान,पश्चिमान्चल क्याम्पस लामाचौरको खेलमैदानमा प्रमुख अतिथि वन उद्योग तथा पर्यटन मंत्री बिकास लम्सालले आज औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरे ।
अनेरास्ववियु पश्चिमान्चल क्याम्पस कमिटीका अध्यक्ष मिलन रिमालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अनेरास्ववियु पश्चिमान्चल क्याम्पस कमिटीकै उपाध्यक्ष सम्राट पौडेलले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन अखिल क्रान्तिकारी पश्चिमान्चल क्याम्पस कमिटि अध्यक्ष कृष्ण दाहालले गरेका थिए ।
उद्घाटन पश्चातको सुरुवाती खेलमा डब्लुआरसी र पोखरा रिजनल कलेज बीच प्रतिष्पर्धा भएको थियो । जसमा डब्लुआरसीले रिजनल कलेजलाई ८-१ को फराकिलो गोल अन्तरले पराजित गर्यो ।डब्लुआरसीको तर्फबाट सम्पूर्ण थापाले ३ गोल,बिमल श्रेष्ठले ३ गोल र शंकर थापाले २ गोल गरेका थिए भने पोखरा रिजनल कलेजको तर्फबाट सन्तोष वि.क. ले १ गोल गरेका थिए ।

त्यसै गरी बिहिबारको खेलमा डब्लुआरसी ‘सी’ र माउन्ट अन्नपूर्ण क्याम्पसका साथै पोखरा इन्जिनियरिंग कलेज र इन्फोम्याटिक्स कलेजबीच प्रतिष्पर्धा हुँदै छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्