एजेन्सी : दशा बाजा बजाएर आउँदैन भन्ने नेपाली उखान अमेरिकामा चरितार्थ भएको छ । अमेरिकाको क्यालिफोर्नियामा एउटा जहाज अचानक एक घरमाथि दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । जहाज खसेपछि घरमा पार्टी मनाइरहेका चारजनाको तत्कालै ज्यान गएको छ भने जहाजमा सवार एक पाइलट पनि मारिएका छन् ।
लस एन्जेल्स नजिकै योरबा लिन्डामाथि उडिरहेको जहाज सेस्ना ४१४ ए आइतवार अचानक अनियन्त्रित भएर आगोलो लप्कामा बदलिएको थियो । आगो लागेसँगै यो जहाज सीधै गएर एउटा घरमाथि बजारियो ।छिमेकीका अनुसार घटनाको समयमा घर मालिक एक पार्टी दिइरहेका थिए । घरमा खसेपछि जहाजका टुक्रा उछिटिएर अर्को घरसम्म पुगेका थिए । तर त्यहाँ कुनै क्षति भएन ।
समाचार अनुसार यो जहाज १९८१ मा बनेको थियो । दुर्घटनाका बेला यो जहाजको नवीकरण भएको थिएन । यो घटनामा कम्तीमा २ जना घाइते भएका छन् । मृतकहरुमा २ पुरुष र दुई महिला पनि रहेका छन् ।
अधिकारीहरुले दुई इन्जिन भएको जहाज एकजना अवकाशप्राप्त पुलिस अधिकारी उडाइरहेका थिए । छिमेकीका अनुसार घटनाका क्रममा केही मानिसले भागेर ज्यान जोगाएका थिए ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग