एजेन्सी। थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलले इयरफोनमा गीत सुनेका कारण आफ्नो ज्यान गुमाउनु पर्यो । २४ वर्षका क्रिस्टाडाको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भयो । स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका बेला करेन्ट लाग्नाले मृत्यु भएको हो ।
मिडिया रिपोर्टका अनुसार चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे । पुलिसका अनुसार क्रिस्टाडाको कानमा इयरफोन थियो र पुलिसलाई पनि करेन्ट लागेका कारण मृत्यु भएको शंका छ । पुलिसले क्रिस्टाडाको कान नजिकैका केही भागमा नराम्रोसँग जलेको जानकारी दिएका छन् ।
चोनबुरी प्रान्तको पुलिस अनुसार क्रिस्टाडासँग सामसङको मोबाइल फोन थियो तर त्यसको चार्जर लोकल कम्पनीको थियो । पुलिस भन्छन्, ‘क्रिस्टाडाको मृत्युले अरुले पाठ सिक्नुपर्छ किनभने सस्तो र नक्कली चार्जरको प्रयोग गर्दा र फोन चार्जमा राखेर कुरा गर्दा तपाईंको ज्यान पनि जानसक्छ ।’
कानमा इयरफोन लगाएर सुत्दा कसैको मृत्यु भएको मामला पहिले पनि सार्वजनिक भइसकेको छ । गत वर्ष डिसेम्बरमा पनि मलेसियामा बस्ने १६ वर्षका मोहम्मद आदिल अजहर जहरिनको मृत्यु पनि इयरफोन लगाएका कारण भएको थियो । मोहम्मदको कानमा इयरफोन लगाइएको थियो र त्यति नै बेला करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको थियो । यस्तै, फेब्रुअरी २०१८ मा ब्राजिलकी १७ वर्षीया लुइजा पिनहियरो पनि फोन चार्जमा राखेर इयरफोनमा गीत सुनिरहेकी थिइन् । त्यति नै बेला करेन्टका कारण उनको कानको इयरफोन पग्लियो र लुइजाको मृत्यु भयो ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग