कास्की प्रहरीको गम्भीर लापरबाही, प्रहरीले नै ल्याइदिएको विष पिएर सन्दिपको हिरासतमै मृत्यु !

कास्की प्रहरीको गम्भीर लापरबाही, प्रहरीले नै ल्याइदिएको विष पिएर सन्दिपको हिरासतमै मृत्यु !

पोखरा, १७ फागुन  । कुनै आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नु अघि उसको शरीर पूरै परीक्षण गरिन्छ । यतिसम्म कि आरोपितले लगाएको गहना र पेटीसमेत खोल्न लगाइन्छ । हिरासतभित्र कुनै घटना नहोस् भनेर प्रहरीले यस्तो सजगता अपनाएको हुन्छ ।

तर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका १ आरोपितको बिहीबार बिहान मृत्यु शंकास्पद भएको छ । लागु औषध कारोबारमा पुस २ गते पक्राउ परेका भारत मोतिहारीका ३० वर्षे सन्दीप साहले बिहीबार बिहानै हिरासत कक्षमै बान्ता गरे । पत्रकार सुरेशराज अधिकारीले समाधान दैनिकका लागि खवर लेखेका हुन् ।

तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइए पनि केही बेरमै उनको मृत्यु भयो । जिल्ला प्रहरी नेतृत्वले यो घटनालाई गुपचुप राख्न खोजे पनि प्रदेश प्रहरी कार्यालयले दिउँसो विज्ञप्तिमार्फत सञ्चारमाध्यममा सूचना सम्प्रेषण ग¥यो ।

साहले प्रहरीकै सहयोगमा विष ल्याउन लगाएर हिरासतमै सेवन गरेको स्रोतको दाबी छ । जिल्लामै कार्यरत १ प्रहरी जवानको सहयोगमा साहले विष झिकाएका थिए । उक्त कार्यमा संलग्न रहेको आरोपमा ती जवानलाई बिहीबार नै जिल्ला प्रहरीले हिरासतमा राखेको छ ।

‘विष सेवन गरेर मृत्यु भएको शंका छ,’ स्रोतले भन्यो, ‘घरयासी प्रयोजनको लागि भने हिरासत हेर्ने १ जवानको सहयोगमा नै उनले विषभित्र लगेका हुन् ।’ हिरासतभित्रै विष कसरी पु¥याइयो, सुरक्षा घेरामा रहेकै बेला उनले कसरी सेवन गरे भन्ने विषय अनुसन्धानपछि खुल्ने नै छ । हिरासतमा रहेका व्यक्तिका लागि औषधी खुवाउनु परे पनि चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ ।

साहले बिहान ४ बजेतिर विष सेवन गरेको स्रोतले जनाएको छ । विष सेवन लगत्तै बान्ता गरेपछि प्रहरीले नै उनलाई अस्पताल पु¥याएको थियो । अस्पताल पुगेपछि पनि साहले केहीबेर कुराकानी गरेका थिए । उपचार सुरु गरेपछि उनको मृत्यु भएको थियो । पोस्टमार्टममा अलमल सन्दीप साहको बिहीबार बिहानै मृत्यु भए पनि साँझ अबेरसम्म पोस्मार्टम भने गरिएको छैन ।

मृतकका आफन्तले कुनै उजुरी नदिएका कारण पोस्टमार्टम नगरिएको प्रहरीले जनाएको छ । उनको शव पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । लागु औषध कारोबारको लामो सञ्जालमा जेलिएका साहको मृत्युलाई पारिवारिक रुपमै मिलाउने र मुद्दालाई कमजोर बनाउने प्रयासमा प्रहरी लागेको छ ।

बिहीबार दिउँसो साहका आफन्तसँग जिल्ला प्रहरी नेतृत्वले पटकपटक वार्ता गरेको थियो । साहले प्रयोग गरेको गाडी त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर उनका साथीहरु भने फरार छन् । ‘लामै वार्ता भएको थियो, के कारण वार्ता मिलेन,’ स्रोतले भन्यो । विष नै सेवन गरी मृत्यु भएको हो वा हैन भन्ने पोस्टमार्टम नगरी खुल्दैन ।

पोखरा, ८ मा बस्दै आएका साहलाई पुस २ गते आगुऔषध नियन्त्रण ब्युरो पोखराले पक्राउ परेको हो । बा१८च ६७८५ नम्बरको मारुती गाडी र उनको कोठामा लुकाएर राखेको अवस्थामा लागुऔषधसहित साह पक्राउ परेका थिए । उनको साथबाट २ वटा मोबाइल र विभिन्न प्रकारका २ हजार ९ सय ७० चक्की लागुऔषध नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds