एजेन्सी । मात्रै २४ वर्षको उमेरमै १९६ देशको भ्रमण गरिसकेका व्यक्ति अहिले बेरोजगार युवाहरुका लागि प्रेरणाका पात्र बन्न सफल भएका छन् । गत बर्ष उनलाई गिनिज बुकले आधिकारिक रुपमा सबैभन्दा धेरै देश भ्रमण गर्ने विश्वकै कान्छो व्यक्तिको नाम दिएको हो ।
२८ वर्षका जेम्स एसक्विथ लन्डनस्थित बैंकका कर्मचारी पनि हुन । १८ वर्षको उमेरबाट भ्रमण यात्रा सुरु गरेका उनी सानैदेखि विभिन्न काम गरि पैसा जोगाउने बताउँछन् ।
१२ वर्षको उमेरमा नै उनी छिमेकमा कारहरु सफा गर्ने काम गरेका उनले सम्पूर्ण भ्रमणको खर्चका लागि कडा संघर्ष गरेको बताए । उनी भन्छन्, “सबैलाई लाग्थ्यो कि मेरा आमाबुवा धनी भएकाले नै मैले यति ठूलो सफलता हासिल गर्न सकेको हुँ । तर वास्तवमा मेले आफ्नो रहर पूरा गर्न धेरै कठिनाइको सामना गरेको छु ।”
भ्रमणका क्रममा पनि विभिन्न होटल र बारहरुमा काम गरि खानेबस्ने निःशुल्क बन्दोबस्त मिलाएको उनको भनाई छ । छोटो समयमै १९६ देशको भ्रमण गर्न सफल जेम्स भन्छन्, “केबल रेकर्डकै लागि यत्तिका देशहरुको भ्रमण गर्छु भनेर मैले कहिल्यै सोचिन तर केही समय यता मलाई धेरैले ‘तिम्रो रेकर्ड तोड्छु’ भनिरहेका छन् ।”
युनिभर्सिटीको पढाइ सुरु गर्नु अगाडि उनी एक वर्षको ग्याप लिएर आफूले बचाएको रकम लिइ पहिलोपटक साथीहरुसँग दक्षिण एसिया घुम्न गएका थिए । तर तीन महिने भ्रमणका रुपमा सुरु भएको उनको यात्रा पाँच वर्षसम्म जारी रहेको हो । जसक्रममा उनी युद्धग्रस्त अफगानिस्तान समेत पुगेर जिपमा सोमालिया घुमी सकेका छन् ।
यसरी तीन महिना अगाडि मात्र इन्स्टाग्राम अकाउन्ट खोलेका उनको अहिले ६ लाख भन्दा बढी फलोअर छन् । लन्डनमा अर्थशास्त्र लिएर पढ्दै गर्दा पनि उनले विभिन्न स्थल भ्रमण गर्ने समय मिलाए ।
उनले शेयर बजारमा समेत हात हालेको र त्यसमा भाग्यले साथ दिएकै कारण यति ठूलो उपलब्धि हासिल गरेको बताउँदै कमाएको पैसा सबै भ्रमणमा नै खर्च गर्ने जनाए ।
आफूले प्रत्येक देशमा कम्तीमा पनि एक रात बिताउने प्रयास गरेको उनको भनाइ छ । अझैपनि आफूले धेरै सिक्न र देख्न बाँकी भएकाले यात्रालाई निरन्तरता दिने उनले बताए ।
उनले आफू जस्तैगरी यात्रामा जान चाहने युवाहरुका लागि भने यस्तो सुझाव दिएका हुन्, “जस्तो सुकै यात्राका लागि पनि सधैँ तयार हुनुपर्छ र कुनै कुरासँग पनि डराउनु हुँदैन । पछिल्लो समय शिर्ष समाचारमहरुमा नकारात्मक खबर बढी आइरहेका छन् तर बहादुरीता नै जस्तोसुकै लक्ष्य पूरा गर्ने एकमात्र हतियार हो ।”
यसरी कुनैपनि नयाँ कुरा सिक्न यात्रा र भ्रमण भन्दा राम्रो तरिका नहुने बताउँदै उनले युनिभर्सिटीमै पढेका भरमा सबैकुरा जानेको छु भन्नेमा विश्वास नराख्न भनेका हुन् ।
उनले भने, “मेरो अनुभवमा नयाँ ठाउँ घुमेर त्यहाँका मानिस, समाज र संस्कृति अनि परम्पराबारे जानेर नै संसारको वास्तविकता बुझ्न सकिनेछ । यसले नै मेरो किशोरावस्था अरुको जस्तो तनावयुक्त र आक्रामक नभएर उत्साहजनक बन्न पुगेको हो ।”
सम्बन्धित खबर
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी