काठमाडौं– बिहीबार राजधानीमा ‘राष्ट्रिय बहुक्षेत्रीय सुर्तीजन्य पदार्थ नियन्त्रण रणनीतिक योजना विकासका लागि सुझाब संकलन गोष्ठी’ सम्पन्न भयो । गोष्ठीमा काठमाडौंका सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तुको बिक्री–वितरणमा क्रमशः रोक लगाउँदै जानुपर्ने सुझाब प्राप्त भएको छ ।
कानुनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको भए कानुनको पालना नभएकाले अस्पताल, विद्यालयलगायतका संवेदनशील स्थानमा पूर्ण निषेध गर्दै अन्य स्थानमा पनि क्रमशः लागू गर्दै जानुपर्ने सरोकारवालाले सुझाब दिएका हुन् ।
एकैचोटि गर्नुभन्दा यसरी क्रमशः रोक लगाउँदै जाँदा कार्यान्वयन प्रभावकारी हुने उनीहरूको विश्वास छ । विश्व स्वास्थ्य संगठनको तथ्यअनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धूम्रपान, मदिरापान, अस्वस्थकर आहार, निष्क्रिय जीवनलगायत पर्छन् ।
गोष्ठीमा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख हरिप्रभा खड्गीले महानगर क्षेत्रभित्रका व्यवसायमा सुर्तीजन्य वस्तुको कारोबारलाई वस्तुगत तथ्यमा उतारेर नीतिमार्फत नियमन गरिने बताइन् ।
धुम्रपानको असर डरलाग्दो भएको उल्लेख गर्दै खड्गीले अब वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम चलाउनुपर्ने बताइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु