खेलकुद पत्रकार मञ्च गण्डकीमा गिरी निर्वाचित, बराल १ मतले पराजित

खेलकुद पत्रकार मञ्च गण्डकीमा गिरी निर्वाचित, बराल १ मतले पराजित

NSJF gandaki

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

गिरीले प्रतिष्पर्धी दिननाथ बराललाई १ मतले पराजित गरे । गिरीको पक्षमा २४ मत आयो भने बराललाई २३ जनाले मत दिए । एक मतपत्रमा दुवैलाई मत नदिएकाले बदर हुन पुगेको निर्वाचन समितिले जनाएको छ । कूल ५१ जना सदस्य रहेको मञ्चमा तीन जना अनुपस्थित थिए । गिरी पूर्व सचिव हुन् भने बराल निवर्तमान उपाध्यक्ष हुन् । अन्य पदाधिकारी र सदस्य निर्विरोध चुनिए ।

रञ्जन अधिकारी उपाध्यक्ष पदमा सर्वसम्मत भए । बिग एफएमका स्टेशन म्यानेजर, गण्डक न्यूजका सम्पादक अधिकारी कोषाध्यक्ष, सचिव, महासचिव हुँदै उपाध्यक्षमा चुनिएका हुन् । निवर्तमान कोषाध्यक्ष विजय नेपाल महासचिव, राजाराम पौडेल सचिव, शशी पौडेल कोषाध्यक्ष निर्विरोध चुनिए । तीन वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा खुल्लातर्फ उमेश पुन, नारायण शाही र रोशन अधिकारी, दलिततर्फ शुशिल नेपाली, महिलातर्फ कविता घर्ती मगर, आदिवासी जनजातितर्फ गीता रानामगर चुनिए ।

खेलकुद पत्रकार मञ्च जिल्लाबाट प्रादेशिक स्तरमा रुपान्तरण भएको हो । रोचक के छ भने मञ्चको लगातार ३ अधिवेशनसम्म अध्यक्ष पद निर्वाचनमा मात्र १ मतअन्तर हुँदैआएको छ । यसअघि प्रेमनारायण न्यौपानेले सागरराज तिमिल्सिना र केशव पाठकले सन्देश श्रेष्ठलाई जित्दा प्रत्यासीसँग १ मतअन्तर परेको थियो ।

यसैबीच, निर्वाचित गिरीले आगामी दिनमा मञ्चलाई अझै बढाउन दत्तचित्त भै लाग्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्षका प्रत्यासी बरालले नयाँ कार्यसमितिको सफलताको कामना गर्दै सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

अधिवक्ता लीलाबल्लौ न्यौपाने संयोजक रहेको निर्वाचित समिति सदस्यमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल र अधिवक्ता विष्णु अधिकारी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds