काठमाडौँ– सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति भएको भोलिपल्ट नै राउतका कार्यकर्ताले आफ्ना पुरानै गतिविधि सञ्चालन गरिरहेको पाइएको छ ।
शुक्रबार सरकार र राउत नेतृत्वको गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । सहमतिको २ नम्बर बुँदामा ‘हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं ।
नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका सन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ उल्लेख छ ।
तर, यहि सहमतिविपरित राउतका कार्यकर्ताले सहमति भएको भोलिपल्ट नै सिरहा लगायतका जिल्लामा स्वतन्त्र मधेसको झण्डासहित प्रदर्शन गर्दै आफ्नो जित भएको दाबीसहित नारावाजी गरेका छन् ।
राउत र सरकारबीच भएको सहमतिको भाषाको विषयलाई लिएर सत्तारुढ दलमै विवाद भइरहेका बेला राउतका कार्यकर्ताबाट भएको यस्ता गतिविधिलाई सर्वसाधारणले समेत प्रश्न गरेका छन् ।
खासगरी गठबन्धन र राउतबीच भएको ११ बुँदे सहमतिको ६ नम्बर बुँदामा ‘स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन’ भनिएको छ ।
तर, सहमतिको मसी सुक्न नपाउदै राउत समर्थकका पुराना गतिविधि दोहोरिन थालेपछि अनेकन आशंका उब्जिएको छ ।
‘स्वतन्त्र मधेस’ को गतिविधिलाई बल पुग्नेगरी स्वयम् सिके राउतले पनि आफ्ना फेसबुकमा प्रचार सामग्री राखेका छन् ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु