इथियोपियन एयरको विमान दुर्घटना हुँदा गोरखाकी अधिकारी सहित १५८ जनाको मृत्यु

इथियोपियन एयरको विमान दुर्घटना हुँदा गोरखाकी अधिकारी सहित १५८ जनाको मृत्यु

plane crash

काठमाडौं :  आइतबार भएको इथियोपिन विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ ।

मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी

मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन् । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) कार्यालयमा कार्यरत उनी आइतबार  डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त मानमार्फत नैरोबी जादै थिइन्।

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रु र आठजना चालकदलका सदस्य रहेको विमान विमान दुर्घटना हुँदा १५८ जनाको मृत्यु भएको थियो।

इथियोपियन एयरलाइन्सले विमान दुर्घटना ३२ देशका नागरिकले ज्यान गुमाएको सामाजिक संजाल ट्विटरमार्फत जानकारी दिएको छ। दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानेडेली, ९ जना इथियोपिन नागरिकको मृत्यु भएको एयरलाइन्सले जनाएको छ।

त्यसैगरी मृत्यु हुनेमा चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ नागरिकरहेका छन। बेलायत र फ्रान्सका सात–सात जना छन् भने इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार नागरिकको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds