भारतमाथि अष्ट्रेलियाको सनसनीपूर्ण जित, शृंखलामा बराबरी

भारतमाथि अष्ट्रेलियाको सनसनीपूर्ण जित, शृंखलामा बराबरी

cirket

पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा पहुना टोलील अष्ट्रेलियाले सनसनीपूर्ण जित हात पारेको छ।

चण्डिगणमा भर्खरै सम्पन्न चौथो एकदिवसीय खेल ४ विकेटले जित्दै अष्ट्रेलियाले पाँच खेलको शृंखला २-२ को बराबरीमा पुर्याएको छ।

भारतले दिएको ३ सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले १३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो। अस्ट्रेलियाका लागि पिटर ह्याड्सकोंम्बले ११७ र उस्मान ख्वाजाले ९१ रन जोडे ।

तेस्रो विकेटका लागि उनीहरुले १ सय ९२ रनको साझेदारी गर्दै टोलीको जितको आधार खडा गरेका थिए। अस्टोन टुर्नरले ८४ रनको विस्फोटक पारी खेल्दै टिमलाई जित दिलाए। ४३ बल सामना गरेका उनले ५ चौका र ६ छक्का प्रहार गरे।

त्यसअघि शिखर धवनले १ सय ४३ र रोहित शर्माले ९५ रनको पारी खेलेपछि भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५८ रन जोडेको थियो।

यी दुई देशबीचको पाँचौं तथा निर्णायक खेल दिल्लीमा १३ मार्चमा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds