पास गराई दिन्छु भन्दै विद्यार्थीसँग प्राध्यापकले लिए २५ हजार घुस

पास गराई दिन्छु भन्दै विद्यार्थीसँग प्राध्यापकले लिए २५ हजार घुस

yaktiyar duruparyog aayog

भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाहीले परीक्षामा फेल भएका विद्यार्थीहरुलाई पास गराउने भन्दै प्रति विद्यार्थी २५ हजार रुपैयाँ घुस लिएको खुलेको छ।

शाहीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पब्लिक हेल्थ संकायको गत असोज महिनामा लिइएको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका ६ जना परीक्षार्थीहरूबाट प्रति विद्यार्थी २५ हजार रुपैयाँ लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बायोस्टाटिस्टिक्स विषयको उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शाहीले आफ्ना साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरालसँग मिलेमतो गरी फेल भएका परीक्षार्थीहरूसँग आर्थिक लेनदेन गरेको अख्तियारले जनाएको छ।

परीक्षाको नतिजा फेरबदल गर्ने कार्यमा शाहीको मतियार भई काम गर्ने अर्जुन भाट र प्रवेग कोरालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds