सिके राउतसँगको सहमतिपत्र विदेशबाट आएको हो’

सिके राउतसँगको सहमतिपत्र विदेशबाट आएको हो’

raut ck 1

काठमाडौँ : राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके) बीच भएको ११ बुँदे सहमतिको ड्राफ्ट अन्यत्रैबाट आएको दाबी गरेका छन् ।

सोमबार सम्वाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै डा. केसीले विदेशमा अंग्रेजीमा बनेको  ड्राफ्ट नेपालीमा उल्था गर्दा भाषामा गडबडी भएको दाबी गरे ।

‘बाहिरबाट ड्राफ्ट आएकाले शब्दको उल्थामा फरक परेको हो,’ केसीले भने, ‘सहमति उनीहरुले गरेका भए प्रष्ट भाषामा आउँथ्यो । अर्काले गरेको कामको पछि लाग्दा सरकार समस्यामा परेको हो ।’

केसीले विगतमा भएका महत्वपूर्ण सहमति पनि विदेशी भूमिमा भएकाले शंका गर्ने आधार धेरै भएको जिकिर गरे । उनले शब्दलाई जसले जसरी व्याख्या गरेपनि ‘जनअभिमत’ भन्नाले जनमतसंग्रह नै हुने ठोकुवा गरे । केसीले ११ बुँदे सहमति नेपाल र नेपालीको अहितमा भएकाले यसको वास्तविकताबारे सरकारले जनतालाई जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds