काठमाडौं– पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछाने आवद्ध लाहोर क्वालन्डर्स प्लेअफमा पुग्न असफल भएको छ।
समूह चरणको अन्तिम खेलमा मुल्तान सुल्तानसँग ७ विकेटले पराजित भएसँगै लाहोर बाहिरिएको हो।
पाकिस्तानको कराँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको लाहोरले ८ विकेटको क्षतिमा १ सय ४० रन जोडेको थियो। उसका लागि कप्तान फखर जमानले ५३ रन जोडे।
डेभिड विसेले ३० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा सुल्तानका मोमहद अब्बासले ३ विकेट लिए।
१ सय ४१ रनको लक्ष्य सुल्तानले १२.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो। उसका लागि साह मसुदले २५ बलमा ८ चौका र १ छक्का हिर्काएर ४८ रनको योगदा नगरे। जिएम भिन्सले १२ बलमा २५ रन जोड्दा जोनसन चार्ल्सले नटआउट ४१ रन बटुले।
बलिङमा लाहोरका सहीन अफ्रिदी र विसेले १–१ विकेट लिए। नेपाली बलर सन्दीपले विकेट लिन सकेनन्। उनले २.३ ओभरमा २८ रन खर्चिए।
उनले समान २–२ चौका र छक्का दिएका थिए भने ५ बलमा डट फ्याँकेका थिए।
योसँगै अंक तालिकाको पुछारमा झरेको लाहोरले १० खेलमा ३ खेलमा जित हात पार्दा ७ हार बेहोर्यो।
सन्दीपले पिएसएलका ७ खेल खेल्दा ११ विकेट लिए। उनले पाँच खेलमा विकेट लिँदा २ खेलमा भने विकेट लिन सकेनन्।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला