पूर्व-प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाका लागि ५९ जना सुरक्षाकर्मी खटाइएको छ । दाहालको सुरक्षाका लागि प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको हो ।
अरु पूर्व-प्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन। स्रोतका अनुसार दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाएको हो । दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षाकर्मीको संख्या बढाईएको हो ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार विगतमा आफू नेतृत्वमा रहेको दलबाट फुटेको समूहबाट थ्रेट महसुस गरेपछि दाहालले बाध्य भएर खतरा रहेको अभिव्यक्ति दिएका हुन्।गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष ध्यान दिनसमेत निर्देशन दिइसकेको छ।
पाँच वर्षअघि दसैंका अवसरमा तत्कालीन एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीकै कार्यकर्ता पदम कुँवरले दाहाललाई झापड हानेका थिए। त्यसपछि नै सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष सतर्कता अपनाएको थियो। पूर्व एमाओवादीका उच्च नेताहरूको हकमा भने सरकारले छुट्टै व्यवस्थासमेत गरेको छ।
सुरक्षा निकायका अधिकारीहरूले तत्कालीन एमाओवादीका नेताहरूमाथि थ्रेट विश्लेषण गरी सुरक्षा निगरानीसमेत बढाएका छन्। एमाओवादीबाट फुटेर अहिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र सो पार्टीबाट पनि फुटेर नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादी गठन भएको छ।
अन्य ससाना समूह पनि फुटेर माओवादीबाट अलग भइसकेको र असन्तुष्ट समूह पनि उत्तिकै रहेको अवस्थामा सुरक्षा थ्रेट भएको मन्त्रालय उच्च स्रोतको दाबी छ। नागरिक दैनिकमा खबर छ ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते