पोखरा । राष्ट्रिय खेलकुद परिषदले पोखराका बिभिन्न ठाउँमा १३ वटा खेलमैदान निर्माण गर्नका लागि एक करोड ३५ लाख रुपैँया बजेट निकासा गरेको छ ।
परिषदले पोखरामा १३ खेलमैदान निर्माण गर्नका लागि प्रत्यक खेलमैदानमा पाँच लाखदेखि १५ लाख रुपैँयासम्म गरि कुल एक करोड ३५ लाख रुपैँया निकासा गरेको हो ।
परिषदले पोखरा महानगरपालिका , माछापुच्छ्रे तथा अन्नपुर्ण गाउँपालिकाका विभिन्न खेलमैदान निर्माणको लागि रकम निकासा गरेको हो ।
पोखराको पुरानो टुडिखेल खेल मैदान निर्माण र पोखरा महानगरपालिका १९ स्थित महेन्द्र मावि खेल मैदान निर्माणका लागि परिषदले १५÷१५ लाख रुपैयाँ विनियोजन गरेको जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ ।
खेलकुद बिकास समितिको अनुसार बिनियोजन भएको बजेट अनुसार सम्बन्धीत खेल मैदानको स्थलगत अध्ययन गरेर स्थानीय उपभोक्ता निर्माण समिति निर्माण गरी लागत इष्टिमेट गरेसँगै बजेट निकासा गरिने छ ।
परिषदले माछापुच्छ्रे गााउँपालिका—२ को गैरखोर खेल मैदान निर्माणको लागि रु १० लाख, अन्नपुर्ण गाउँपालिका–४ बहादुरे माविको खेल मैदान निर्माण गर्न १० लाख, पोखरा टुडिखेल खेल मैदानको लागि १५ लाख, दिव्यदृष्टि युवा क्लब खेलमैदान निर्माण हेमजालाई १० लाख, बेगनास खेल मैदान निर्माण गर्न १० लाख, अन्नपुर्ण गाँउपालिका ६ स्थित ढावा सेभेन ए साईड फुटबल मैदान निर्माण गर्न १० लाख रुपैयाँ निकासा गरेको छ ।
यसैगरी मालेपाटन खेल निर्माणको लागि १० लाख, पुम्दीभुम्दीस्थित शुक्र मावि खेल मैदानको लागि १० लाख, महेन्द्रमावि खेल मैदान निर्माण गर्न १५ लाख, माछापुच्छ्रे ६ स्थित पृथ्वीनारायण माविलाई १० लाख, अन्नपूर्ण–८ बाकोट आधारभूत विद्यालय खेल मैदान बनाउन १० लाख, पोखरा १६ बाटुलेचौरस्थित इण्डोर खेल मैदान निर्माण गर्न १० लाख र पुम्दीभुम्दीस्थित उल्लेरी खेलमैदान निर्माण गर्न ५ लाख रुपैयाँ विनियोजन भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । उक्त बबजेट एक निर्वाचन क्षेत्र एक खेल मैदानको नीतिलाई अबलम्बन गर्दै बजेट विनियोजन भएको हो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला