तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा शनिबार भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि रोट्रयाक्ट क्लब अफ दमौली टिम `ए´ले २-१ गोलअन्तरले जितेको छ ।
“रोटा सप्ताह” अन्तरगत भएको उक्त फुटबल प्रतियोगितामा ४ टिमको सहभागिता रहेको थियो ।
सो प्रतियोगिताको पहिलो खेल रोट्रयाक्ट क्लब अफ दमौली ए र लियो क्लब अफ तनहुँ बिच भएको थियो । उक्त पहिलो खेल रोट्रयाक्ट क्लब अफ दमौली ए टिमले २-१ गोल अन्तरले जितेको थियो ।
त्यस्तै रोट्रयाक्ट क्लब अफ दमौली बि र जेसिआई व्यासनगर बीच भएको दोस्रो खेलमा ३-१ गोल अन्तरले रोट्रयाक्ट क्लब अफ दमौली बि ले जितेको थियो ।
अन्तराष्ट्रिय क्लबहरु बीच भएको मैत्रीपुर्ण खेलले क्लब र क्लबका सदस्य बिचको सम्बन्ध मजबुत बनाउन सहयोग पुर्याउने क्लबका अध्यक्ष विपन श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको स्वागत क्लबका अगामी वर्षका अध्यक्ष मनोज राउतले गरेका थिए भने कार्यक्रमको संचालन क्लबका पुर्वअध्यक्ष सन्तोष श्रेष्ठले गरेका थिए ।
रोट्रयाक्ट क्लब अफ दमौलीको “रोटा सप्ताह” सोमबारदेखि सुरु भएको थियो ।
क्लबले एक हप्ता सम्म विभिन्न कार्यक्रम गरि सप्ताह मनाइएको कार्यक्रमका मुख्य संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।
क्लबले फागुन २७ गतेदेखि चैत २ गते सम्म विभिन्न कार्यक्रम गरिरहेको छ ।
जस अन्तरगत क्लबले पहिलो दिन सोमबार सप्ताहको उद्घाटन तथा रोट्रयाक्टको बारेमा ज्ञानगंगाका विद्यार्थीहरु लाई जानकारी गराइएको थियो ।

रोटा सप्ताह अन्तरगत दोस्रो दिन क्लबले आफ्नो ट्विन क्लब रोट्रयाक्ट क्लब अफ इस्लामाबाद बाङ्लादेश संग संस्कृती आदानप्रदान गर्ने कार्यक्रम सम्पन्न भएको थियो ।
तेस्रो दिन वृद्धाआश्रममा खाद्यान्न प्रदान र लियो क्लब अफ तनहुँ संग संयुक्त बैठक सम्पन्न भएको थियो ।
त्यस्तै सप्ताहको चौथो दिन क्लबको ब्यानर होर्डिङ बोर्डमा थप्ने तथा पुरानो लाई परिवर्तन गर्ने कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै चैत १ गते रोट्रयाक्ट क्लब अफ दमौलीले रोटरी क्लब अफ दमौली संग संयुक्त बैठक सम्पन्न भएको थियो ।
मार्च १३ लाई मध्यनजरमा राख्दै विश्वभरका रोट्रयाक्ट क्लबहरुले रोटा सप्ताह मनाउने र रोट्रयाक्ट क्लब अफ दमौलीले पनि फागुन २७ गतेदेखि चैत २ गतेसम्म रोटा सप्ताह मनाएको क्लबका अध्यक्ष विपिन श्रेष्ठले बताए ।
सप्ताहको समापन सोमबार हुने क्लबका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’