सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ । फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ ।
सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भइसकेको छ ।यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह–आयोजक राष्ट्र थप्ने निर्णय गरेको छ ।
उक्त निर्णयसँगै कतारसँगै अर्को एक गल्फ राष्ट्रमा विश्वकप हुनेछ । कतार विश्वकप जाडो मौसममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौसममा हुँदै आएका थिए ।
फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो ।तर, फिफाको बैठकले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो । फिफाले कतारमा अत्यधिक गर्मी हुने जनाउँदै विश्वकप जाडो मौसम गर्ने निर्णय गरेको हो ।
सम्बन्धित खबर
कङ्गोमा पत्ता नलागेको रोगबाट ७९ जनाको मृत्यु
आज विश्व एड्स दिवस
भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो