एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।
मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् ।
प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् ।
उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मार्न खोज्यो’ भनेको सुन्न सकिन्छ ।
उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’
२९ वर्षे इरिकले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, उनले प्रेमिकाको आरोप अस्विकार गर्दै नजिकै उभिएकालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘उसले मलाई मार्न चाहन्छे ।’
युवतीले झट्पट उत्तर दिन्छिन्, ‘म तिमीलाई कसरी मार्न सक्छु ? आखिर तिमीलाई माया गर्छु ।’
‘म तिमीलाई कहिले पनि यस्तो गर्न सक्दिनथेँ, तर सायद तिमीलाई थाहा नहोला, तिमीले ममाथि कस्तो व्यवहार गर्यौ ।’
ती युवकले उत्तर दिए, ‘भगवान साक्षी छन् ।’
स्थानीय मिडिया अनुसार पुलिसको कार घटनास्थलमा पुगेपनि पर्याप्त पेट्रोल नभएकाले पीडितलाई लैजान अस्विकार गरे ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु