बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण छिटो गर्न दबाब दिँदै गोरखाको आरुघाटमा बन्दको आब्हान गरिएको छ । मुआब्जा निर्धारण समितीले डुबान क्षेत्रको मुआब्जा निर्धारणमा ढिलाई गरेको भन्दै सरोकार समितिले सोमबार आरुघाट बजार बन्दको आब्हान गरेको हो ।
आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत तथा धादिङको विशालनगर र खहरे बजारको छिटो मुआब्जा निर्धारण गर्न माग गरेको छ ।
‘सरकारले घरजग्गा रोक्का लगाएको छ’ बन्दकर्ताले भने, ‘यहाँका ब्यापारी, ब्यबसायीले धितो राखेर ऋण लिन पाएनन्, सर्वसाधारणले भुकम्पले भत्केको घर ब्यबस्थित बनाउन सकेका छैनन् । यस्तो अबस्थामा पनि मुआब्जा निर्धारणमा ढिलाई हुँदा हामीलाई हलचल गर्नै गाह्रो भयो ।’
छिटो मुआब्जा निर्धारणका लागि शान्तीपुर्ण दबाब दिन बन्द आब्हान गरेको आयोजकले जनाएको छ । आरुघाट क्षेत्रमा बजार र यातायात मात्रै बन्द गरेर सांकेतिक विरोध गर्ने भनिएको छ ।
पहिले जग्गाको मुआब्जा निर्धारण गरेर घरगोठको मुआब्जा निर्धारण गर्नुपर्ने सरोकार समितिले बताएको छ । मुआब्जा निर्धारण समितिले घरगोठको मुआब्जा निर्धारण गर्दा बार्षिक पाचँ प्रतिशतले ह्रासकट्टी गर्ने तयारी गरेकोप्रति स्थानियको असन्तुष्टी रहेको छ ।
‘घरमा पाचँ प्रतिशत ह्रासकट्टी गर्ने कुरा छ’ उनले भने ‘यो विषय हामीलाई मान्य छैन । हाम्रा घरहरुको मुआब्जा ह्रासकट्टी नगरी दिनका लागि हामी माग गर्छौ ।’ जग्गाको मुआब्जा टुंगाएर मात्रै घरगोठको मुआब्जाको प्रक्रिया थाल्न आरुघाटबासीको माग छ ।
मुआब्जा निर्धारण गर्न बाँकी गोरखाको आरुघाटको जग्गाको प्रकृतिका आधारमा प्रतिआना २५ लाखसम्म मुआब्जा दिन सरोकार समितिको माग छ । मध्यपहाडी लोकमार्गको केन्द्र, पृथ्वी राजमार्गको वैकल्पिक मार्ग र बेनिघाट९आरूघाट हुँदै चीनको तिब्बत छिचोल्ने सबैभन्दा छोटो मार्ग भएकाले आरूघाट ऐतिहासिक ठाउँ भएको हुँदा सो क्षेत्रको मुआब्जा निर्धारण गर्दा यि विषयलाई आधार बनाउनुपर्ने समितिले दाबी गरेका छन् ।
बुढिगण्डकी जलविद्युत आयोजना वातावरण मुआब्जा पुर्नस्थापना तथा पुर्नवास इकाईका प्रमुख कृष्ण कार्कीले डुबानमा पर्ने बजार क्षेत्रको घर तथा जग्गाको मुआब्जा निर्धारणको तयारी भैरहेको बताए । ‘अन्य आयोजनाको अभ्यासका बिषयमा स्थानिय जनप्रतिनिधी,राजनीति कर्मी र स्थानिय बासीन्दा सँग छलफल गरेका छौं’ उनले भने ‘जमिन र घरको एकसाथ मुआब्जा उपलब्ध गराउने हाम्रो चाहना हो ।’
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’