‘दाल भात तरकारी’ को टाइटल गीत युट्युबमा रिलिज (भिडियो)

‘दाल भात तरकारी’ को टाइटल गीत युट्युबमा रिलिज (भिडियो)

dal_bhat_tarkari

काठमाडौं, १ चैत । चलचित्र ‘दाल भात तरकारी’ को शीर्ष गीत रिलिज भएको छ । मह सञ्चारले निर्माण गरेको चलचित्रको दोस्रो गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । शीर्ष गीत ‘दाल भात तरकारी…तरकारीमा मुला..’ मा हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का र आँचल शर्माको नृत्य रहेको छ ।

यो गीतलाई पनि हरिवंश आचार्यले नै लेखेका हुन् भने संगीत शम्भुजित बासकोटाको रहेको छ । अघिल्लो गीत ‘भिजिट भिसामा…’ बोलको गीत हिट भइसकेको छ । जसमा रचना र संगीत क्रमशः हरिवंश र शम्भुजितकै रहेको छ । ‘दाल भात तरकारी’ गीतमा राजेश पायल राई र स्मिता दाहालले स्वर दिएकी छन् । धेरै पछि शम्भुजितको संगीतमा राजेशले स्वर दिएका हुन् । गीत डान्सिङ नम्बरमा बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds