लोकप्रिय अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध लगाउन माग गर्दै मुम्बईका एक ११ वर्षीय बालकले मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आफ्नी आमामार्फत रिट दायर गर्दै ११ वर्षीय अहद निजामले पबजी गेमले हिंसा, आक्रोश तथा साइबर बुलिङलाई बढावा दिएको बताएका छन् ।
रिट दायरकर्ताका वकिल तनवीर निजाम भन्छन्, ‘रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा अनुसन्धान गरिनुपर्ने र अनलाइन आचारसंहिता समीक्षा समिति गठन गर्नका लागि केन्द्रलाई निर्देशन दिइनुपर्ने माग गरिएको छ ।’
अहदले उच्च अदालतले महाराष्ट्र सरकारलाई पबजीमाथि प्रतिबन्ध लगाउन निर्देशन दिनुपर्ने पनि बताए । उनले केन्द्रीय सूचना मन्त्री रविशंकर प्रसाद, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस तथा महाराष्ट्र सरकारका शिक्षा मन्त्री विनोद तावडेलाई पत्र लेख्दै यो खेलमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका छन् ।
योे मुद्दा मुख्य न्यायाधीश एनएच पाटिलको अध्यक्षताको एउटा बेञ्चले हेर्ने सम्भावना रहेको बताइएको छ । पबजी अर्थात प्लेयर अननोन्स ब्याटलग्राउण्ड एक अनलाइन खेल हो ।
केही समय पहिले गुजरात सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय यस खेलको लतले युवाहरुमा मानसिक समस्या बढ्दै गएको अनुसन्धानहरुले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ