पब्जी गेम बिरुद्ध भारतको अदालतमा मुद्धा दर्ता

पब्जी गेम बिरुद्ध भारतको अदालतमा मुद्धा दर्ता

लोकप्रिय अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध लगाउन माग गर्दै मुम्बईका एक ११ वर्षीय बालकले मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आफ्नी आमामार्फत रिट दायर गर्दै ११ वर्षीय अहद निजामले पबजी गेमले हिंसा, आक्रोश तथा साइबर बुलिङलाई बढावा दिएको बताएका छन् ।

रिट दायरकर्ताका वकिल तनवीर निजाम भन्छन्, ‘रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा अनुसन्धान गरिनुपर्ने र अनलाइन आचारसंहिता समीक्षा समिति गठन गर्नका लागि केन्द्रलाई निर्देशन दिइनुपर्ने माग गरिएको  छ ।’

अहदले उच्च अदालतले महाराष्ट्र सरकारलाई पबजीमाथि प्रतिबन्ध लगाउन निर्देशन दिनुपर्ने पनि बताए । उनले केन्द्रीय सूचना मन्त्री रविशंकर प्रसाद, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस तथा महाराष्ट्र सरकारका शिक्षा मन्त्री विनोद तावडेलाई पत्र लेख्दै यो खेलमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका छन् ।

योे मुद्दा मुख्य न्यायाधीश एनएच पाटिलको अध्यक्षताको एउटा बेञ्चले हेर्ने सम्भावना रहेको बताइएको छ । पबजी अर्थात प्लेयर अननोन्स ब्याटलग्राउण्ड एक अनलाइन खेल हो ।

केही समय पहिले गुजरात सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय यस खेलको लतले युवाहरुमा मानसिक समस्या बढ्दै गएको अनुसन्धानहरुले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ