किरण श्रेष्ठ, तनहुँ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा अर्थात होली आज भव्यताका साथ मनाइँदै छ । पहाडी भेगमा आज मनाइने यो पर्व तराई भेगमा भने भोलि भव्यताका साथ मनाइँदैछ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् ।
होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो । स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।
फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ ।
सुरक्षा व्यवस्था कडा
होली पर्वलाई लक्षित गरेर तनहुँ प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको हो । यस वर्ष बुधाबार(आज) होली मनाइँदैछ । होलि पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि सिद्धि विक्रम शाह
होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरु माथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । “अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइन्छ ।”, एसपी शाहले भने ।
शाहले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
‘हामीले एउटा कार्ययोजना नै बनाइसकेका छौं । जसअनुसार होलीको दिन दमौलीमा मात्रै १ सय १९ जना प्रहरी अधिकारी र ३५ जना सशस्त्र प्रहरी फिल्डमा खटिनेछन्’, शाहले भने, ‘सकेसम्म होली पर्वलाई भद्र र सौहार्दपूर्ण बनाउने कुरामा हाम्रो प्रयास रहनेछ ।’
ठाउँठाउँमा मापसे र छड्के कागजपत्र चेकिङ
उनका अनुसार होलीलाई लक्षित गरेर जिल्ल्लाका विभिन्न स्थानमा चेकपोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि बढाइएको छ । विशेष र आकास्मिक चेकिङ्ग समेत हुने एसपी शाहले बताए । जिल्ला प्रहरी कार्यालयले अभद्र रुपमा होलि मनाउने लाई कडा कारबाही गर्ने सूचना विभिन्न संचार माध्यमबाट प्रसारण गरिसकेको जनाएको छ ।
अन्य दिनको तुलनामा बाक्लो मात्रामा प्रहरी परिचालन पनि गरिनेछ भने ठाउँठाउँमा मापसे र कागजपत्र चेकजाँच गरिने जनाइएको छ । होली खेलेर बिना हेलमेट मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याइने पनि शाहले बताए ।
फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला