काठमाडौं । भार प्रसासित क्षेत्र जम्मू कश्मीरको बडगाममा शुक्रबार बिहान भएको भिडन्तमा सुरक्षाकर्मीले दुई जना आतंककारीलाई मारेको छ । बिहीबार पनि चार जना आतंककारीलाई सुरक्षाकर्मीले मारेको थियो । दिल्ली पुलिसका अनुसार चार जना सुरक्षाकर्मी घाइते भएका छन् ।
मारिएका दुवै जना जैश ए मोहम्मदका लडाकु भएको दावी भारतको छ । शोपियांमा सेनाको सीआरपीएफ र जम्मू कश्मीर पुलिसको संयुक्त टिम अपरेशनमा रहेको थियो । मुठभेड जारी रहेको बताइएको छ ।
भारतीय सुरक्षाकर्मीले कार्वाहीलाई तीव्रता दिने क्रममा गत मार्च २१ मा आतंकवादी समूह जैश–ए–मोहम्मदका सज्जाद खानलाई लालिकिलाको इलाकाबाट गिरफ्तार गरेको थियो । गत फेब्रुअरी १४ तारिखमा पुलवामा हमलापछि खान फरार रहेका थिए । खान भारतीय सुरक्षाकर्मी सीआरपीएफमाथि हमला गर्ने मास्टरमाइन्ड मुदस्सिर खानका खास मानिस रहेको दावी गरिएको छ ।
पुलवामा आक्रमणमा ४७ सुरक्षाकर्मीको ज्यान गएको थियो । बडगाममा अहिले पनि भिडन्त जारी रहेको सुरक्षाकर्मीलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले बताएका छन् । बडगामको सुतसू गाउँमा अझै पनि केही आतंकवादीहरु लुकिरहेको बताइन्छ । news source : hamrakura
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ