कश्मीरमा भिडन्त जारी, दुई जनाको मृत्यु

कश्मीरमा भिडन्त जारी, दुई जनाको मृत्यु

attac kasmir

काठमाडौं । भार प्रसासित क्षेत्र जम्मू कश्मीरको बडगाममा शुक्रबार बिहान भएको भिडन्तमा सुरक्षाकर्मीले दुई जना आतंककारीलाई मारेको छ । बिहीबार पनि चार जना आतंककारीलाई सुरक्षाकर्मीले मारेको थियो । दिल्ली पुलिसका अनुसार चार जना सुरक्षाकर्मी घाइते भएका छन् ।

मारिएका दुवै जना जैश ए मोहम्मदका लडाकु भएको दावी भारतको छ । शोपियांमा सेनाको सीआरपीएफ र जम्मू कश्मीर पुलिसको संयुक्त टिम अपरेशनमा रहेको थियो । मुठभेड जारी रहेको बताइएको छ ।

भारतीय सुरक्षाकर्मीले कार्वाहीलाई तीव्रता दिने क्रममा गत मार्च २१ मा आतंकवादी समूह जैश–ए–मोहम्मदका सज्जाद खानलाई लालिकिलाको इलाकाबाट गिरफ्तार गरेको थियो । गत फेब्रुअरी १४ तारिखमा पुलवामा हमलापछि खान फरार रहेका थिए । खान भारतीय सुरक्षाकर्मी सीआरपीएफमाथि हमला गर्ने मास्टरमाइन्ड मुदस्सिर खानका खास मानिस रहेको दावी गरिएको छ ।

पुलवामा आक्रमणमा ४७ सुरक्षाकर्मीको ज्यान गएको थियो ।  बडगाममा अहिले पनि भिडन्त जारी रहेको सुरक्षाकर्मीलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले बताएका छन् । बडगामको सुतसू गाउँमा अझै पनि केही आतंकवादीहरु लुकिरहेको बताइन्छ । news source : hamrakura

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds