भीआईपी स्कर्टिङमा रहेको भ्यानले गुडिरहेको स्कुटरलाई लडाएर भाग्यो

भीआईपी स्कर्टिङमा रहेको भ्यानले गुडिरहेको स्कुटरलाई लडाएर भाग्यो

car_laVDU2DliU

काठमाण्डौ – भीआईपी स्कर्टिङमा रहेकाे सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि व्यापक आलाेचना भएको छ । बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले  ठक्कर दिएको भिडियोमा देखिन्छ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार भ्यानले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बेला शुक्रबार ११ बजे ठक्कर दिएको हो ।

प्रवक्ता श्रेष्ठले भ्यान ठक्कर दिएर भागेको भन्दा पनि सुरक्षामा खटिएको भ्यान रोक्न नमिल्ने नियम भएको उज्यालाे अनलाइनलाई बताउनुभयाे ।

news source : ujyaaloonline.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds