सूर्य तिमिल्सिना, स्याङ्जा । रातको समयमा घरमा भएका फोहोरहरु आफ्नै वडामा रहेको खोल्सामा लगेर फालेर आएका एक ब्यक्तिको घरमा भोलीपल्ट बिहानै त्यही फालेको फोहोर अरु कसैले पार्सल जसरी नै फिर्ता दिन आएको सुन्दा जो कसैलाई अचम्म लाग्न सक्छ । तर, यो स्याङ्जाको वालिङ नगरपालिकामा शुक्रबार भएको सत्य घटना हो ।
स्याङ्जाको वालिङ नगरपालिकाका एक ब्यक्तिले शुक्रबार रातको समयमा कसैले नदेख्ने गरी खोल्सामा फोहोर फ्याकेर सुते । शनिबार बिहानै घर अगाडी नगरपालिकाको फोहोर उठाउने ट्रिपर पुग्यो । राती नै खोल्सामा फोहोर फालेर आएकाले ती ब्यक्ति ट्रिपरलाई वास्ता गरिनन् ।
तर, ट्रिपरका कर्मचारीले ती घर बेटिलाई आफैले बोलाए र एउटा पोको दिँदै भने, ‘लौ हजुर तँपाईको तँपाईको सामान ल्याई दिएका छौँ राख्नुस् ।’ नगरपालिकाको फोहोर फाल्ने ट्रिपरमा चढेर गएका ब्यक्तिले जब उनी आफैँले राती फालेको फोहोर हातमा राखिदिए त्यसपछि त्यहाँ केहि समय बिभाद नै उत्पन्न भयो । त्यसपछि सबै स्थानीयवासीहरु सोहि ब्यक्तिको घरमा आउन थाले । अन्तत अबदेखि कोहि कसैले जथाभावी फोहोर नफाल्ने कुरामा सबै स्थानीयहरुले पनि सहमति जनाए ।
यस कारण फिर्ता लग्यो नगरपालिकाले फालेको फोहोर घरमै
बिगत लामो समयदेखि उक्त ठाउँका स्थानीयहरुले जथाभावी फोहोर फाल्ने गरेपछि त्यहाँको बातावरण प्रधुषण बढ्दै गएको थियो । त्यही बातावरण प्रधुषण न्यूनीकरणका लागि वालिङ नगरपालिका १० फेदी मोहोरियाबासीले जथाभावी फोहोर फाल्नेको ब्यक्तिको पहिचान ग¥यो ।
वडाले पनि पटकपटक जथाभावी फोहोर नफाल्न सम्पूर्ण वडा वासीलाई सुझमव र सूचना दुबै दिई र¥यो । तर, जताभावी फोहोर फाल्ने प्रबृत्ति कत्तिपनि कम हुन सकेन ।
त्यसपछि नगरपालिकाले शनिवारको नियमित सरसफाई गर्ने क्रममा खोल्सामा फ्याकिएका फोहोर मैला को कस्ले फालेको भनेर ब्यत्तिल पहिचान गर्न थाल्यो । र प्रमाण जुटेका ब्यक्तिहरुको घरघरमा उनीहरुले फालेको फोहोरलाई पुन उनीहरुकै घर घरमा फिर्ता गगिदियो ।
नगरपालिकाको फोहोर उठाउने तालमेल नमिल्दा समस्या
नगरपालिकाको गाडी बिहान ६ बजे नै फोहोर उठाउन आउने तर आफुँहरु घर बाट आएर पसल खोल्दा तालमेल नमिलेर यो समस्या निम्तिएको ब्यापारीहरुले गुनासो गरेका छन् ।यता फोहोर मैला ब्यबस्थापन समितिले भने कुहिने र नकुहिने फोहोर छुट्याएर नगरपालिकालाई दिए त्यसको प्रशोधन गरिने जनाएको छ ।वालिङ नगरपालिका फोहोरमैला ब्यबस्थापनमा उत्कृष्ट भई पुरस्कृत समेत भैसकेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा