भीषण हावाहुरीका कारण २७ जनाको मृत्यु, ४ सय जना घाइते

भीषण हावाहुरीका कारण २७ जनाको मृत्यु, ४ सय जना घाइते

huri

काठमाडौँ – बारा र पर्साका विभिन्न ठाउँमा आइतबार बेलुका आएको हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको पुष्टि भएको छ । आइतबार बेलुका ८ बजेतिर अकश्मात ठूलो हावाहुरी चल्दा बारामा ठूलो जनधनको क्षति भएको हो ।

 दुई सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्दारको काम रातिदेखि नै भैरहेको र बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । त्यहाँ एकजनाको ज्यान गएको पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राति ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ ।

बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको केन्द्रले जनाएको छ । यस्तै घरहरु पनि भत्किएका छन् ।

उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए ।  घटनाको विस्तृत विवरण आइसकेको छैन ।

news source : ujyaaloonline

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ