हावाहुरीको कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो, रगत र बेड अभावले उपचारमा कठिनाइ

हावाहुरीको कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो, रगत र बेड अभावले उपचारमा कठिनाइ

hawa huri

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन

मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ