पोखरा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित विद्यार्थीहरुले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रदर्शनका क्रममा तीन जना पक्राउ परेका छन् । सरकारको गतिविधि र माउ पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका थिए । सरकारले विप्लव समूहका कोहि पनि व्यक्ति भेटे सिधै नियन्त्रणमा लिने बताइसकेको छ ।
पिएन क्याम्पसमा मसाल जुलुस निकाल्न लागेको बेलामा दुई जना विद्यार्थी पक्राउ परेका हुन् । विद्यार्थीहरुले चाहीँ विरोधको कार्यक्रम सकेर क्याम्पस भित्र छिरिसकेपछि पक्राउ गरेको बताएका छन् । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुन छन् ।
साथै, पत्रकार महासंघ, कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारी पनि पक्राउ परेका छन् । उनीहरु तीनैजना कास्की प्रहरी परिसरमा छन् । शान्तिपूर्ण कार्यक्रम गर्दा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।
कास्की प्रहरी प्रमुख एसपी ओम रानाले तीनजना नियन्त्रणमा लिइएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ । नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार पक्राउ घटनाबारे सामाजिक सञ्जालमार्फत आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
विप्लव समूहको गतिविधि निस्तेज पार्ने अभियानमा रहेको प्रहरीले केही दिनअघि प्रदेश र जिल्लाका जनसरकार प्रमुखलाई समेत पक्राउ गरिसकेको छ ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’