पोखरा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित विद्यार्थीहरुले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रदर्शनका क्रममा तीन जना पक्राउ परेका छन् । सरकारको गतिविधि र माउ पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका थिए । सरकारले विप्लव समूहका कोहि पनि व्यक्ति भेटे सिधै नियन्त्रणमा लिने बताइसकेको छ ।
पिएन क्याम्पसमा मसाल जुलुस निकाल्न लागेको बेलामा दुई जना विद्यार्थी पक्राउ परेका हुन् । विद्यार्थीहरुले चाहीँ विरोधको कार्यक्रम सकेर क्याम्पस भित्र छिरिसकेपछि पक्राउ गरेको बताएका छन् । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुन छन् ।
साथै, पत्रकार महासंघ, कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारी पनि पक्राउ परेका छन् । उनीहरु तीनैजना कास्की प्रहरी परिसरमा छन् । शान्तिपूर्ण कार्यक्रम गर्दा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।
कास्की प्रहरी प्रमुख एसपी ओम रानाले तीनजना नियन्त्रणमा लिइएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ । नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार पक्राउ घटनाबारे सामाजिक सञ्जालमार्फत आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
विप्लव समूहको गतिविधि निस्तेज पार्ने अभियानमा रहेको प्रहरीले केही दिनअघि प्रदेश र जिल्लाका जनसरकार प्रमुखलाई समेत पक्राउ गरिसकेको छ ।
सम्बन्धित खबर
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण हुने
गुरूङ चलचित्रकी नायिका माया गुरूङद्वारा सहाराका बालकहरुलाई जर्सी सहयोग
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति