मोटरसाइकल चोरी गर्ने पत्रकार सहित ५ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने पत्रकार सहित ५ जना पक्राउ

chori

विराटनगर महानगरपालिका क्षेत्रबाट मोटरसाइल चोरेको आरोपमा पत्रकार सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो । उनीहरुबाट ३५ प ९७६३, को २५ प ५२५१, को २८ प ४९७४, को ३५ प ३१२० र नम्बर प्लेट बिनाको पार्टपुर्जा खोलिएको एक थान मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वुर्जु गाउँपालिका घर भई विराटनगर–५ वरगाछी बस्ने पत्रकारमनोजुकमार चौधरी, सिरहा लहान नगरपालिका–६ का घर भई विराटनगर–४ बस्ने विजयकुमार यादव, विराटनगर–१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका–२२ का सुनिल यादव रहेका छन् ।
उनीहरुलाई मुलकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुर अन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ