राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर आपत्तिजनक ढंगले पोस्ट गर्ने २ जना पक्राउ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर आपत्तिजनक ढंगले पोस्ट गर्ने २ जना पक्राउ

kp oli bidhya bhandai

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अत्यन्त अमर्या्दित,  अशोभनीय देखिने गरी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले राष्ट्रप्रमुख र सरकार प्रमुखको मानमर्दन गर्ने पोस्ट गर्ने पाल्पाको परान्दी गाउँपालिकाका २२ वर्षीय निर्मल गैरे र रुपन्देहीका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । गैरेलाई भक्तपुर र पन्थीलाई चितवनबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको ब्यूरोले जनाएको छ । आरोप प्रमाणित भएमा कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना वा दुवै हुन सक्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ