बोराभित्र बहिनीको शव लिएर हिँडेका २ जना भारतीय पक्राउ

बोराभित्र बहिनीको शव लिएर हिँडेका २ जना भारतीय पक्राउ

death body

चितवन । भरतपुर महानरगालिको वडा नम्बर २ बाट बोरामा राखिएको शवसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान भारतको मोतीहारी घर भई हाल भरतपुर–२ बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगनलाई बोरामा राखिएको शवसहित पक्राउ गरेको हो ।

उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार शाहका दाजुभाईले बहिनी पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि नदीतर्फ लैजाँदै गर्दा पक्राउ परेको बयान दिएका छन् । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ