प्रम ओली भन्छन् : मुला र लौका आफ्नो उमेर विर्सिएर, साइज बिर्सिएर पागल हुन्छ

प्रम ओली भन्छन् : मुला र लौका आफ्नो उमेर विर्सिएर, साइज बिर्सिएर पागल हुन्छ

pm oli

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताउएका छन । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिएका हुन ।

‘आजकल कल्चर गर्ने, के गर्ने नाममा खानेकुरालाई खानेकुरा रहन नदिने, पागल बनाइदिने । सानो फल्ने सुन्तलालाई फर्सी जत्रो बनाइदिने गर्छौं । ‘मुलालाई पनि पागल बनाइदिने, लौकालाई पनि पागल बनाइदिने ।’ उनले भने, ‘हिजोको आज ठूलो भइराखेको हुन्छ । उसले आफ्नो उमेर विर्सिएर, साइज बिर्सिएर पागल हुन्छ । त्यो हामीले खाँदा कहाँ स्वस्थ्कर हुन्छ रु त्यसकारण अर्गानिक भनेको हौं । विकास गर्नुपर्छ, ठूलो फलाउनुपर्छ तर, स्वस्थ फलाउनुपर्छ ।’

किसानहरुले कहिले सब्जी सडकमा फालेको, कहिले दूध पोख्नु परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ