भिनाजुको प्रेममा परेर श्रीमानको हत्या

भिनाजुको प्रेममा परेर श्रीमानको हत्या

death body

गत बुधवार साँझ बुटवलको मैनाबगरमा फिरोज खान हत्यामा उनकै श्रीमती साइना खातुनले योजना बनाएको प्रहरीले जनाएको छ । भिनाजु साइनो पर्नेसँग प्रेम सम्बन्धमा रहेकी साइनाले उनैसँग मिलेर श्रीमानको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको हो ।

खानको हत्यामा संलग्नको आशंका गरिएका अन्सारी भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारणका नागरिक हुन् । खानको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको खुलेको थियो । खानको हत्या गरेर अन्सारी भारततिरै भागेको प्रहरीले बताएको छ । अन्सारीकी श्रीमतीको एक वर्षअघि मृत्यु भएपछि खातुनसंग उनको भेटघाट बाक्लिएको   थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ