श्रृङ्खला जस्तै चर्चामा आउलान त नयाँ मिस नेपाल ?

श्रृङ्खला जस्तै चर्चामा आउलान त नयाँ मिस नेपाल ?

missworld shrinkhala

बिगत केहि समय यता देशभर बिभिन्न समयमा आयोजना भैरहेका ब्यूटी प्याजेन्टको नाममा रकम ठनि गर्ने क्रम बढेसँगै यस्ता प्रतियोगीता माथिको विश्वसनियता कम हुँदै गएको छ । सरकारले प्रतियोगिताको नाममा हुने अनियमिततालाई न्यूनीकरण गर्न प्रयास समेत गरेको छैन । देशभर नै सौन्दर्य प्रतियोगीता दैनिक भएपनि यसले मिस नेपाल जस्तो अन्तरराष्ट्रिय प्रतियोगीतालाई भने फरक पारेको देखिँदैन् ।

मिस नेपालको अन्तरराष्ट्रिय बजार विकास तथा नेपाल र नेपालीको साथ भने कमजोर नै छ । तर, यस बर्षकी मिस नेपाल श्रृङ्खला खतिवडाले नेपामा नया इतिहास रच्न सफल भएकी छिन् । उनले देश र देशवासीबाट भरपुर साथ पनि पाईन् र निकै चर्चामा आउन सफल भईन् । तर, जसरि श्रृङ्खललाई लिएर देश र जनताकै चासो देखियो यस्तो कमैले मात्रै पाउँछन् ।
अनेपालमा फेरी चाडै नै नयाँ मिस नेपालको घोषणा गर्ने तयारीमा आयोजक संस्था द हिडेन ट्रेजर लागेको छ । नयाँ मिस नेपालका लागि अन्तिम २६ जना छानि सकिएको छ ।  मिस नेपाल जो भएपनि उनका लागि चुनौतीका पहाड श्रृङ्खलाको लोकप्रियताले खडा गरिदिएको छ । श्रृङ्खलालाई जस्तो साथ संचारमाध्यमले आफुहरुलाई नदिएको गुनासो यो बर्षका मिस नेपालका अन्य ३ विजेताले उठाइसकेका छन् ।

मिस नेपाल मिस वल्र्डमा भाग लिन जाँदा पाएको उचाई श्रृङ्खलाको जस्तो अरुमा छैन । यसैले पनि नयाँ मिस नेपाललाई त्यो उचाई पाउनु आफैमा फलामको चिउरा चपाए जस्तै हो । किनकी, श्रृङ्खलाको पछाडि उनको राजनीतिक पृष्ठभूमी पनि जोडिएको थियो । यसमा श्रृङ्खलाको व्यक्तिगत प्रतिभालाई कमजोर भन्न भने मिल्दैन ।

श्रृङ्खला खतिवडाले जस्तै चर्चा र जनताको साथ पाउनका लागि यो बर्ष बन्ने मिस नेपालले ठूलै संघर्ष गर्न आवश्यक छ । नत्र, यो पटक पनि मिस नेपालले मिस वल्र्डबाट हात खाली फर्किनुपर्ने अवस्था आउन सक्छ । श्रृङ्खलाले मिस वल्र्डमा भाग लिइसकेपछि अब हुने नयाँ मिस नेपाललाई मिस वल्र्डमा सहज हुने दाबी गरिसकेकी छिन् । तर, उनले दाबी गरेजस्तै छैन । यो कुरामा मिस नेपालका दाबेदार सुन्दरीहरुले अहिलेबाट नै आफूलाई तयार राख्न आवश्यक  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ