स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरीको पछुवा गाडीलाई कारवाही

स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरीको पछुवा गाडीलाई कारवाही

vip accident

काठमाडौं– सडकमा गुडिरहेको सर्वसाधारणको स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ । महाशाखाले चालकलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको जिपले बबरमहलमा सर्वसाधारणको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर दिएको भिडियो भाइरल भएपछि कारवाहीको आवाज उठेको थियो । सशस्त्रको गाडीका चालकले लापरवाहीका साथ सवारी चलाएकाले सवारी ऐन बमोजिम कारवाही गरेको ट्राफिक महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ