झारफुक गर्न गएकी एक १३ वर्षीया बालिका झाक्रीद्वारा बलात्कृत

झारफुक गर्न गएकी एक १३ वर्षीया बालिका झाक्रीद्वारा बलात्कृत

rape-

प्रतिकात्मक तस्वीर

भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिका झाक्रीद्वारा बलात्कृत भएकी छिन् । मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा रहेको झारफुक केन्द्रमा रहेका ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेद्वारा बालिका बलात्कृत भएकी हुन् ।

मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने घिमिरेलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । गत १९ गते बिरामी बाबुलाई झारफकु गर्न साथी गएकी १३ वर्षीया बालिकालाई भित्र बोलाई धामी घिमिरेले बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्नुपर्छ भन्दै पट्टी बाँधेर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ