पोखरा । उर्जा ल्याबको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु सकारात्मक तथा प्रगतिशील परिवर्तनको लागि टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) कार्यक्रम शनिबारसम्म चल्नेछ । भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्धेश्य सहित पोखराको होटल स्नोल्याण्डमा कार्यक्रम आयोजना गरिएको हो ।
एक समारोहका बीच गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गरे । थापाले समयलाई केन्द्रमा राखेर युवाले आफूलाई व्यवस्थापन गर्न आग्रह गरे । समय निकै महत्वपूर्ण भएकाले समयको सदुपयोग गर्न सबैलाई आग्रह गर्दै थापाले भने – ‘अहिलेका युवा पुस्ताहरुले समयलाई धयान दिन नसक्दा विभिन्न समस्याहरुको सामना गरेका छन् । समयको सदुपयोग गर्न सके भविष्य समेत राम्रो हुन्छ ।’

कार्यक्रममा पर्यटन व्यवसायमा उर्जाशील युवा जनशक्तिको ध्यानाकर्षण, चुनौति, पहिचान र समाधानबारे अन्तरक्रिया समेत हुने भएको छ । कार्यक्रममा पर्यटन व्यवसायमा उर्जाशील युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधान बारे अन्तरक्रिया हुनेछ । त्यस्तै, पोखराको अहिलेसम्मैकै ठूलो उद्यम बजार लगायत देशभरका आधुनिक तथा नयाँ उद्यमहरुको स्टल समेत कार्यक्रमस्थलमा राखिने जनाइएको छ ।

कार्यक्रमको मिडिया पार्टनरमा गण्डकन्यूज, परिचय नेट्वर्क रहेको छ । कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हम्सा वेयर्स, डब्लुपी ट्राभल, लक्ष्मी बैंक, सिएफ मोटो, एनवाइइएफ पोखरा, नेपाल ट्रिबुन, सिओटिएस पश्मिाञ्चल क्याम्पस, डाटसन, कट्स–डब्लूआरसी, होटल बाराही, होटल हिमालयन भ्याकेसन, व्यञ्जन पोखरा र हिमालयन जाभा पोखरा लगायत संस्थाहरुले सहकार्य गरेका छन् ।



तस्विर सौजन्यः प्रेम थापा
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?