सरकारी अस्पतालमा आजबाट आकस्मिक बाहेकका सबै सेवा ठप्प

सरकारी अस्पतालमा आजबाट आकस्मिक बाहेकका सबै सेवा ठप्प

hospital

काठमाडौं- कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी डाक्टरले आजबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि सरकारी चिकित्सक संघ (गोदान)ले आजबाट सेवा बहिस्कार गर्ने भएको हो ।

डाक्टरले आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै सरकारले पनि अत्यावश्यक सेवामा हड्ताल गर्न रोक लगाउने विषयमा निर्णय भएको सार्वजनिक गरेको छ । संघले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ। माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ