उपचारका लागि चल्ला बोकेर अस्पताल पुग्ने ६ वर्षे बालकको तस्बिर खिच्ने नर्स सार्वजनिक

उपचारका लागि चल्ला बोकेर अस्पताल पुग्ने ६ वर्षे बालकको तस्बिर खिच्ने नर्स सार्वजनिक

1837724295Nurse

आफूले चलाएको साइकलले भूलबस कुखुराको चल्ला किचेपछि आफूसँग भएको पैसा र चल्ला बोकेर अस्पताल पुग्ने बालकको तस्बिर अहिले पनि सामाजिक सन्जालमा सेयर भइरहेको छ ।

भारतको उत्तर पूर्वी राज्य मिजोरमका ६ वर्षे बालक डेरेक सी लालछनहिमाले चलाएको साइकलले मंगलबार गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा पुगेका थिए ।

त्यो तस्बिर फेसबुकमा पोस्ट भयो । लगत्तै हजारौले सेयर गरे, जसमा सयौ प्रतिक्रिया जनाइयो । त्यो तस्बिर शशी थरुरसहित करिव एक लाखले सेयर गरिसकेका छन्, जसमा ११ हजारभन्दा बढी प्रतिक्रिया जनाइएको छ ।

‘साङ्गा सेज’ नामक फेसबुक प्रयोगकर्ताको खाताबाट सेयर भएको त्यो तस्बिर एक नर्सले खिचेको इन्डिया टाइम्स डटकमले जनाएको छ । यस समाचारसँगै राखिएको तस्बिरको दाहिनेतर्फ रहेकी नर्स मिजोरमको साइराङस्थित एक प्राथमिक केन्द्रमा काम गर्छिन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ