अवैध डलरसहित पक्राउ परेका श्रेष्ठ एसएसपी भण्डारीको रोहबरमा रिहा !

अवैध डलरसहित पक्राउ परेका श्रेष्ठ एसएसपी भण्डारीको रोहबरमा रिहा !

subash_shrestha

काठमाडौं – त्रिभुवन विमानस्थलमा अवैध डलरसहित पक्राउ परेका व्यापारी सुवास श्रेष्ठ रिहा भएका छन् । शुक्रवार दिउँसो ठूलो परिणाममा अवैध डलर बोकेर थाईल्याण्ड जाँदै गरेका श्रेष्ठ महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) सन्दिप भण्डारीको रोहवरमा श्रेष्ठ छुटेको बताईएको छ ।

बिदामा बसेका एसएसपी भण्डारी श्रेष्ठ पक्राउ परेको थाहा पाएपछि एयरपोर्ट पुगेका थिए । प्रहरी बरिष्ठ उपरीक्षक भण्डारीको रोहवरमा व्यापारी श्रेष्ठ छुटेको जानकारी दिँदै विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘सर, नै आएर मेरो रोहबरमा छाडिदेउ भनेपछि हाम्रो के लाग्छ र ?’

त्रिभुवन विमानस्थलमा कफि शप तथा किराना पसल सञ्चालन गर्दै आएका श्रेष्ठको साथबाट प्रहरीले १५ हजार अमेरिकी डलर, १३ सय ८० युरो, २१ हजार ६ सय थाई भाट, ८ सय चिनियाँ युआन बरामद गरेको थियो । विदेश जानको लागि पासपोर्टमा छाप लगाएर मात्र १ हजार पाँच सय अमेरिकी डलर बोक्न पाइन्छ । १ हजार पाँच सय डलरभन्दा धेरै डलर बोकेको फेला परेमा त्यो स्वतः अवैध ठहरिन्छ । news source: ratopati

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ