राजदूत बन्न नाता जोड्दै सिंहदरबार, बालुवाटार र पुल्चोक धाउने बढ्याे

राजदूत बन्न नाता जोड्दै सिंहदरबार, बालुवाटार र पुल्चोक धाउने बढ्याे

pararastra-mantralaya

काठमाडौं – सरकारले ६ देशमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । राजदूत बन्न नाता जोड्दै वैयक्तिक विवरण बोकेर सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेको संख्या बढ्दो छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसामु बायोडाटाको चाङ लागेको छ ।

बायोडाटा बुझाउनेमा अधिकांश पूर्वकर्मचारी छन् । सरकारले अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, स्पेन, दक्षिण अफ्रिका र बंगलादेशमा राजदूत नियुक्त गर्दै छ । अमेरिकाका राजदूत डा. अर्जुनकुमार कार्की कार्यकाल सकेर फर्कंदै छन् भने अस्ट्रेलियाका राजदूत लक्की शेर्पा विवादमा परेपछि राजीनामा दिएको पनि दुई महिना भइसकेको  छ ।

दक्षिण कोरिया, स्पेन र बंगलादेशबाट सरकारले राजनीतिक ‘प्रतिशोध’ साँधेर राजदूत फिर्ता गरेको तीन महिना पुग्दै छ । ती देशमा अहिले उपसचिव र शाखा अधिकृत तहका कार्यवाहकले दूतावास चलाएका छन् । दक्षिण अफ्रिकाका राजदूत अमृतबहादुर राईलाई सरकारले कार्यकाल सकिनु एक महिनाअघि फर्काएर न्युयोर्कको स्थायी प्रतिनिधि नियुक्त गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ