शंकर र शुष्माको झ्याउरे गीत ‘हे माया’ सार्वजनिक (भिडियो)

शंकर र शुष्माको झ्याउरे गीत ‘हे माया’ सार्वजनिक (भिडियो)

hey sanu

लोकदोहोरी गायक शंकर पन्त र गायिका शुष्मा ठकुरीमा स्वरमा रहेको झ्याउरे गीत ‘हे माया’ सार्वजनिक भएको छ । म्युजिक नेपालको युटयुब च्यानलमार्फत गीतलाई डिजिटल बजारमा सार्वजनिक गरिएको हो । पन्तले गीतको शब्द र लय सिर्जना गरेका हुन् । ज्यान टाढा भएपनि मायालुको झ–झल्कोले सताएको भाव गीतमा उतारिएको छ ।

मायालुको यादले सातएर आँखाभरी उनैको तस्बिर घुमिरहने प्रसंगमा गीत आधारित छ । युवापुस्ताको माया प्रेमलाई गीतमा जोडबल गरेको छ । शंकर र शुष्मा दुवैजना तनहुँका कलाकार हुन् । उनिहरुले तनहुँबाटै लोकसंगीतको यात्रामा निरन्तरता दिईरहेका छन् । बजारमा रमाईला र छमछमी नाच्न मिल्ने भाकाको माग बढी भएकाले झ्याउरे भाका ल्याएको गायक पन्त बताउँछन् ।

‘आजकाल कलाकारहरुको आम्दानीको स्रोत भनेकै मेला महोत्सव र स्टेज कार्यक्रम हो’, उनले भने, ‘मेला महोत्सवमा आउने दर्शकहरु पिडा भुलेर रमाउने मुडमा हुन्छन् । यसैलाई मध्यनजर गरेर नयाँ सिर्जना ल्याएको हो ।’ गीत सार्वजनिक भएको छोटो समयमै युटयुबमा दर्शक मन जित्न सफल छ । गायिका ठकुरीले भनिन् , ‘युट्युबमा दर्शकको संख्या हेर्दा गीत सफल हुने देखिन्छ ।’

उनले फरक शैलीको गीत भएकाले सबैले मन पराएको बताईन । आशिष म्युजिक प्रालीले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेको हुन् । शुक्लागण्डकीको भुरुङ्गेमा छायांकन गरिएको म्युजिक भिडियोको फिचरिङमा निर आले मगर र जुनिमा गुरुङ छन् । दुर्गा पौडेलले छायांकन गरेका भिडियोका दृश्यहरुमा नविन घर्ती मगरको सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ