पोखरामा अवैध रुपमा नदिजन्य पदार्थ ओसारपोसार गर्ने १० सवारी प्रहरीको नियन्त्रणमा

पोखरामा अवैध रुपमा नदिजन्य पदार्थ ओसारपोसार गर्ने १० सवारी प्रहरीको नियन्त्रणमा

baluwa gitti

सांकेतिक तस्विर

पोखरा । पोखरामा अबैध रुपमा नदिजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधन कारवाहीमा परेका छन् । जिल्लाको दोबिल्ला, रामघाट सहितका विभिन्न ठाउँबाट अवैध रुपमा नदिजन्य पदार्थ ओसारपोसार गर्ने १० सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदामल नियन्त्रणमा लिएको जनाएको छ ।

कारवाहीमा परेका अधिकांस सवारीका चालकहरुसँग ढुंगा, गिटी, वालुवा जस्ता नदिजन्य पदार्थ ल्याएको भ्याट बिल नभएकाले अबैध रुपमा ओसारपोसार गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाएको  छ । अबैध नदिजन्य पदार्थ ओसारपोसार गर्ने १ वटा ट्याक्टर र ९ वटा मिनि ट्रकसहित सामान नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ