पोखरामा क्षत्रीको पहिचान झल्कने ¥याली निकालियो, महाधिवेशनमा आजदेखि बन्दसत्र (भिडियो)

पोखरामा क्षत्रीको पहिचान झल्कने ¥याली निकालियो, महाधिवेशनमा आजदेखि बन्दसत्र (भिडियो)

xatri samaj

पोखरा । क्षत्री समाज नेपालको तेस्रो महाअधिबेशन पोखरामा जारी छ । महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । आगामि ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरिने क्षत्री समाजले जनाएको छ । महाधिवेशन उद्घाटन पूर्व पोखरामा ¥याली निकालियो । पोखराको न्यूरोड हुँदै पृथ्वीचोकबाट नयाँबजार प्रदर्शनी केन्द्रसम्म ¥याली कार्यक्रम गरेको हो ।

https://www.facebook.com/gandaknews/videos/282540465969954/

हाल क्षत्री समाजलाई आदीवासी सूचिबाट हटाउनु संबैधानिक कमजोरी भएको बताउँदै क्षत्री समाजको पूर्वअध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले त्यस बिरुद्ध आवाज उठाउनु पर्ने बताए । ‘कुन शक्ति तत्वले ‘आदिवासी’ शब्द हटाइयो यसको जवाफ खोज्ने कि नखोज्ने ?’ पूर्वअध्यक्ष क्षेत्रीले भने,‘यो देशमा कुनैपनि समुदाय ‘आदिवासी’ हुँ भनेर दावी गर्छ भने १ नम्बरका खादीवासी खस आर्य हुन् । यूरोपियन भत्ता खाएर, सत्ता र लत्तामा रमाउनेहरु हामिलाई हेप्न पाईँदैन ।’ क्षत्रीहरु धन र शक्ति प्राप्त गरेपछि अरुले जसरी पीडितहरुलाई झनै पीडा दिने काम नगर्ने पूर्वप्रधानसेनापति रुकमांगत कटुवाललले तर्क गरेका छन् ।

‘देशमा धन र शक्ति पाएपछि पीडितलाई झन् पीडा दिने दम्भ बढेको छ । त्यसबिपरीत क्षत्रीहरुले सबैलाई ज्ञान, दान दिन्छन् । भोकाहरुलाई खाना दिन्छन् । पिडीतहरुलाई संरक्षण गर्छन् । र यो जिम्मेवनरी नै नेपाली क्षत्रीहरुको काँधमा आएको छ’ पूर्वप्रधानसेनापति रुकमांगतले भने । क्षत्रीहरुको भाषा, ईतिहास र धर्ममाथि नै चौतर्फी प्रहार भईरहेको बताउँदै उनले त्यसको बिरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ