नेपालको सीमावर्ती क्षेत्रमा आँधी आउने भारतकाे दाबी, सचेत रहन आग्रह

नेपालको सीमावर्ती क्षेत्रमा आँधी आउने भारतकाे दाबी, सचेत रहन आग्रह

aadhi

काठमाडाैँ । भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।  भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने संभावना भएको जनाएको हो ।

सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो । भारतले सचेत गराएका क्षेत्र नेपालको लुम्बिन आसपासका क्षेत्र हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ