चर्चित गीतकार राजेन्द्र थापाको धुर्मुस सुन्तलीमाथि प्रहार, समाजसेवीले कहिल्यै प्रचार खोज्दैनन्

चर्चित गीतकार राजेन्द्र थापाको धुर्मुस सुन्तलीमाथि प्रहार, समाजसेवीले कहिल्यै प्रचार खोज्दैनन्

Rajendra-Thapa

काठमाडौं । चर्चित गीतकार तथा पूर्वजर्नेल राजेन्द्र थापाले शनिबार फेसबुकमा एउटा समाचारको विषयमा टिप्पणी लेखे र जुन टिप्पणी नायिका श्वेता खड्काप्रति थियो । तर, त्यसको प्रहार भने सिधै धुर्मुस सुन्तली फाउन्डेसनतर्फ लक्षित छ । नायिका श्वेता खड्काल सिन्धुपाल्चोकको भीमटारमा माझी बस्तीका लागि कुनै हल्ला खल्ला नगरीकनै ५३ वटा घर बनाइन् । सो बस्ती तस्बिर श्वेताले फेसबुकमा राखेपछि गीतकार राजेन्द्र थापाले व्यंग्य गर्दै स्टाटस लेखे ।

त्यसको अर्थ थियो समाजसेवीले कहिल्यै प्रचार खोज्दैन । उनी लेख्छन्, ‘लौ सिस्टम बिगारेको किन श्वेता खड्काले ? न चन्दा मागेको था भो । न जस्ता, ढुंगा बोकेको तस्बिर ! न मिडियामा दयालु मनको प्रदर्शन गरी हुँक्क ! न प्रचण्डको छोरीको इलाकामा निर्माण गरेको ! न अखबार न अनलाइन न फेसबुक । उता त बस्ती नै बसिसकेको रहेछ । यो हो गरिब पीडित भुइँमान्छेको भलाइ ! हिन्दु ग्रन्थहरु र कुरानमा समेत दान दिएको गोप्य राख्नु धर्म हो, हल्ला गर्नु ढोंग हो भनेको छ । सिक सिक देवदेवी धु सु लगायतका सेलेब्रेटीहरु । सलाम छ श्वेतालाई ।’

  सीताराम कट्टेल र कुञ्जना घिमिरेको सुन्तली फाउन्डेसनले पनि यसबीचमा चारवटा नमुना बस्ती बसायो । धुर्मुस सुन्तली फाउन्डेसनले गरेका हरेक गतिविधि समाचार बने, बनाइए । फाउन्डेसनले समाजसेवा नै गरेको हो । तर, गीतकार थापाका अनुसार समाजसेवा गर्दा हल्ला गर्नु ढोग हो ।

धुर्मुस अर्थात् सीताराम कट्टेलमा प्रचारको भोक धेरै भएको उनको भनाइ छ । थापा लेख्छन्, ‘सहयोग र प्रचार फरक । आफ्नै र आफ्न्तको स्रोतको उपयोग र खाता खोल व्यवसाय फरक हो । धु सु को यो व्यवसाय भयो अब । सहयोग मागे पनि श्वेताको यो सामाजिक भयो । करोड रुपैयाँ उठाएर जाने धुर्मुसे जस्ताले बोरा बोकेर राहत बाँड्दैन, भनेसी देखाउन खिचिएको । बाढीमा उद्धारमा सुरक्षा तथा स्वयंसेवकहरु बोट। हेलिकप्टर, माझी, सेफ्टी डोरी आदिबाट सामूहिक उद्धार हुन्छ । तर धुर्मुस एक्लै गर्धन डुबाएर फोटा भाइरल बनाउँछ सिनेमामा झैं ।’

news source : medianp

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ