विश्व लगानी फोरममा सहभागी हुन मन्त्री यादव दुबईमा

विश्व लगानी फोरममा सहभागी हुन मन्त्री यादव दुबईमा

Matrika-Yadav

यूएई – विश्व लगानी फोरममा सहभागी हुनका लागि नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव दुबई पुगेका छन् । यूएई सरकारको आयोजनामा दुबईमा सोमबारदेखि सुरु भएको विश्व लगानी फोरममा सहभागी हुन मन्त्री यादव आइतबार यूएई पुगेका हुन् ।
दुबईको विकास र विकासमा लगानी गर्ने विभिन्न देशका प्रतिनिधि सहभागी सम्मेलनले लगानीका क्षेत्र, अवस्था र विकासका गतिबिधिबारे छलफल गर्नेछ ।
पाँचदिने युएई भ्रमणमा रहेका मन्त्री यादवले कुटनीतिक भेटघाट समेत गर्नेछन् । यस्तै मन्त्री यादवले बुधबार युएईमा रहेको नेपाल बिजनेस काउन्सिलका प्रतिनिधीसँग नेपाली दूतावासको कार्यालयमा छलफल गर्ने बताईएको छ ।
यूएईलाई विश्व अर्थतन्त्रको विकासका लागि सुरक्षित र भरपर्दो देशको रुपमा लिइने भएकाले पनि यस क्षेत्रमा लगानी गर्न अन्तर्रा्ष्ट्रिय क्षेत्र तुलनात्मक रुपमा बढी ईच्छुक हुन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ