मलेसिया पुगेको २८ दिन नपुग्दै बस दुर्घटनामा ज्यान गयो, दुई जनाको मृत्यु, १२ घाइते

मलेसिया पुगेको २८ दिन नपुग्दै बस दुर्घटनामा ज्यान गयो, दुई जनाको मृत्यु, १२ घाइते

bus malasiia

काठमाण्डौ – मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । आइतबार राती मलेसियामा भएको दुर्घटनामा परी रामु चौधरी र जगरनाथ सिंह दनुवारको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

उनीहरु मलेसियाको मुतियारामा कायामास कम्पनीमा काम गर्दै आएका थिए । दुर्घटनामा मृत्यु हुने मध्यका रामु चौधरी घर बिदामा नेपाल आएर २८ दिनअघि मात्रै मलेसिया फर्केका हुन् ।

घाइते हुनेहरुमा केशव थापा, लोकेश ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कवार, सुमन काम्छा मगर, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल र सन्तोषकुमार साह रहेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार घाइतेमध्ये केशव थापा, लोकेश ओली, विश्वकर्मा मण्डलको अवस्था गम्भीर रहेकाले आइसीयूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ